• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    इरानमा नाकाबन्दी लगाउन २० वटा युद्धपोत र सयौँ लडाकु विमान परिचालन

    566
    SHARES



    काठमाडौँ । अमेरिकाले इरानमाथि नाकाबन्दी गर्न मध्यपूर्वमा ठूलो शक्तिसहितको सैन्य परिचालन गरेको छ। वासिङ्टनको समयअनुसार आइतबार अपराह्न ४ बजेदेखि अमेरिकाले इरानको बन्दरगाहमा नाकाबन्दी घोषणा गरेको थियो।

    नाकाबन्दीपछि इरानमा तेल लिन जाने र तेल लिएर आउने पानी जहाजहरू हर्मुज जलमार्ग हुँदै आवत जावत गर्न रोक लगाइएको छ।नाकाबन्दी कार्यान्वयनका लागि मध्यपूर्वमा २० भन्दा बढी अमेरिकी युद्धपोत र सयौँ लडाकु विमान परिचालन गरिएको अमेरिकी सेनाले जनाएको छ।

    सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले वासिंटनको समयअनुसार मंगलबार साँझ ४ बजे देखि इरानका बन्दरगाहमा आउने–जाने सबै जहाजलाई लक्ष्य गर्दै नाकाबन्दी सुरू भएको जनाएको छ।

    ‘हाल मध्यपूर्वभर २० भन्दा बढी अमेरिकी नौसैनिक युद्धपोत र सयौँ सैन्य विमान परिचालनमा छन्। अमेरिकी सेना पूर्ण सतर्क, घातक र आवश्यक परे तत्काल कारबाही गर्न तयार छ,’ सेन्टकमले विज्ञप्तीमा भनेको छ।

    अमेरिकाले गत अप्रिलमा पनि इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको थियो। नाकाबन्दी लगाएपछि इरानले तेल बेच्न नपाउँदा उसका तेल भण्डारण भरिएका थिए।

    पछि जुन महिनामा अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएपछि भने इरानमाथिको नाकाबन्दी फिर्ता गरिएको थियो। त्यति मात्रै होइन इरानलाई डलरमा तेल बेच्न पनि अमेरिकाले अनुमति दिएको थियो।

    तर प्रारम्भिक सम्झौतापछि अन्तिम सम्झौताका लागि भएका वार्ता टुंगोमा नपुग्दा अमेरिकाले फेरि नाकाबन्दी सुरू गरेको हो। पछिल्लो पटक हर्मुजमा इरानले शुल्क उठाउने भनेर त्यहाँबाट आवतजावत गर्ने जहाजहरूमाथि आक्रमण गरेको भन्दै अमेरिकाले पनि इरानमा हवाई आक्रमण गरिरहेको छ।

    अमेरिका विश्वको महत्त्वपूर्ण जलमार्ग भएकाले त्यहाँ निःशुल्क र निर्वाध रूपमा जहाजहरूको आवतजावत सुनिश्चित हुनुपर्ने बताउँदै आएको छ। तर इरान भने त्यहाँबाट पैसा उठाउने पक्षमा छ।

    ट्रम्पले केही दिन अघि हर्मुजमा अमेरिकाले जहाजहरूबाट पैसा उठाउने भनेका थिए। उनले त्यो घोषणा भने तत्कालका लागि कार्यान्वयन नगर्ने भनेको रोयटर्सले जनाएको छ।

    उता इरानले भने अमेरिकी सैन्य गतिविधिका कारण होर्मुज पुनः बन्द गरिएको घोषणा गरिसकेको छ। तेहरानले स्थिरता नफर्किएसम्म जहाज आवतजावतको अनुमति नदिइने बताएको छ।

    अमेरिकाले इरानमा हमला गरेपछि इरानले मनि मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरेर हवाई हमला गरिरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ