• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    मादुरो बोकेको विमान न्युयोर्कमा अवतरण, अमेरिकाले भेनेजुएला ‘चलाउने’ ट्रम्पको घोषणा

    1K
    SHARES



    काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस सवार विमान न्युयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरेको छ ।

    अमेरिकी सञ्चारमाध्यम सीबीएसका अनुसार विमान अवतरण गरेलगत्तै कानुन कार्यान्वयन निकायका अधिकारीहरू विमानभित्र प्रवेश गरेका थिए ।

    न्युयोर्कमा अवतरण गरेको मादुरो सवार विमानसँग सम्बन्धित दृश्यहरु सार्वजनिक भएको छन् । जहाँ हल्का निलो रङको लुगा लगाएको एक व्यक्तिलाई दर्जनौँ सुरक्षा अधिकारीहरूले धावनमार्ग हुँदै अघि बढाइरहेको देखिन्छ ।

    विमान धावनमार्गमा रोकिएसँगै उक्त क्षेत्र वरिपरि सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको थियो।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सैनिक कारबाहीसँगै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिआलिया फ्लोरेस पक्राउ परेपछि अमेरिकाले देश चलाउने बताएका छन् ।

    फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामी भेनेजुएलालाई तबसम्म चलाउनेछौँ जबसम्म सुरक्षित, उपयुक्त र विचारपूर्वक नयाँ नेतृत्वमा हस्तान्तरण गर्न सक्दैनौँ।” उनले जोड दिए, “यो हस्तान्तरण सोचविचारपूर्वक हुनुपर्छ किनभने हामी भेनेजुएलाका जनताको हित सुनिश्चित गर्न चाहन्छौँ।’

    ट्रम्पले भविष्यमा नयाँ नेतृत्वले भेनेजुएलामा हालको जस्तै अवस्था दोहोर्‍याउने जोखिम नहोस् भनी अमेरिका प्रतिबद्ध रहेको पनि बताए। उनले थपे, ‘हामी त्यस्तो स्थिति चाहँदैनौँ जहाँ कोहीले भेनेजुएलाको जनताको हित विपरीत निर्णय लिन्छ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ