काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी विधानविपरीत ८१ जना केन्द्रीय सदस्य थपेको भन्दै पार्टीभित्र असन्तुष्टि र विरोध सुरु भएको छ।
काठमाडौँको सुकेधारमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले ३४४ सदस्यीय केन्द्रीय कमिटीमा ८१ जना नयाँ सदस्य थपिएको जानकारी गराएका थिए।
तर सो निर्णयप्रति केही नेताहरूले आपत्ति जनाएका छन्। एक केन्द्रीय सदस्यका अनुसार, विधानले तोकेको संख्याभन्दा बढी सदस्य थप्नु पार्टीको आन्तरिक लोकतन्त्र र संस्थागत चरित्रविरुद्ध भएको आरोप लगाइएको छ।
विरोध जनाउने नेताहरूमा महेश रेग्मी, शंकर पोखरेल लगायतका केन्द्रीय सदस्यहरू रहेका छन्। उनीहरूले निर्णय पुनर्विचार गर्न नेतृत्वलाई आग्रह गरेका छन्।
बैठकमा अन्य सदस्यहरूले पनि पार्टी संगठनमा पारदर्शिता र आन्तरिक लोकतन्त्रलाई प्राथमिकता दिनुपर्ने सुझाब दिएका छन्।
प्रतिक्रिया