• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    Uncategorized

    हुम्लाको चंखेलीमा जिप दुर्घटना

    877
    SHARES



    सिमकोट । हुम्लाको चंखेली गाउँपालिका–४ देशीखोलामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। मेल्छामबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप आज बिहान करिब ११ बजे सडकबाट करिब तीन सय मिटर तल खसेको हो।

    जिप चंखेलीका बहादुर लामाले चलाइरहेका थिए। दुर्घटनापछि स्थानीयबासी र प्रहरीले उद्धार कार्य सञ्चालन गरेको थियो। जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्सपेक्टर एवम् सूचना अधिकारी जंगराज सिंहका अनुसार घाइतेहरूलाई उपचारका लागि नजिकको स्वास्थ्य चौकीमा लगिएको छ।

    घाइतेहरूमध्ये सिमकोट गाउँपालिका–८ की बसन्ती रोकाया र अर्का एक जना युवक गम्भीर अवस्थामा अचेत रहेका छन् भने पाँच जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको बताइएको छ। दुर्घटनाको विस्तृत विवरण र कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ