• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

    1.2K
    SHARES



    फिदिम। मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा गम्भीर घाइते भएका तीन जना मजदुरको उपचारको क्रममा मृत्यु भएको छ। बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

    दुर्घटनामा घाइते भएका तीनै जनालाई प्रारम्भिक उपचारपछि पाँचथर अस्पतालबाट विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा लगिएको थियो। तर चिकित्सकहरूले अस्पताल पुर्‍याइएलगत्तै उनीहरूलाई मृत घोषणा गरेका थिए।

    जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त बेलिब्रिज गत वर्ष असोज १२ गते आएको बाढीले बगाएको थियो। त्यसपछि पुनः जडानको काम हुँदै आएकोमा निर्माण कार्य पूरा नहुँदै बेलिब्रिज खसेको हो। दुर्घटनामा अरु तीन जना मजदुर घाइते भएका छन्, जसको विराटनगरमै उपचार भइरहेको जनाइएको छ।

    स्थानीय प्रशासनले घटनाको अनुसन्धान सुरु गरेको छ। निर्माण कार्यमा लापरवाही भएको आशंका जनाउँदै स्थानीय बासिन्दाले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ