• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    हिजोको तुलनामा आज झन् गर्मी बढ्ने, वर्षाको सम्भावना के छ?

    1.8K
    SHARES



    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सोमबारको तुलनामा मंगलबार झन् बढी गर्मी हुने सम्भावना देखाएको छ। मौसमविद् विनोद पोखरेलले पनि मंगलबार झन् बढी गर्मी हुने बताएका छन्।

    सोमबार नेपालगञ्जको अधिकतमक तापक्रम ४१ डिग्री सेल्सियस पुगेको थियो। काठमाडौंको अधिकतमत तापक्रम ३१.६ डिग्री पुगेको थियो। त्यस्तै धनगढीको ४०.२, भैरहवाको ४०.० डिग्री सेल्सियस पुगेको थियो। मौसमविद् पोखरेलले मंगलबार १–२ डिग्री अझ बढ्ने सम्भावना देखाएका छन्।

    विभागका अनुसार मंगलबार नेपालगञ्जको अधिकतम तापक्रम ३९–४१, भैरहवाका ३९–४१, धनगढीको ३९–४१, दाङको ३९–४१, विराटनगरको ३६–३८, दिपायलको ३७–३९, घोराहीको ३५–३७, वीरगञ्जको ३६–३८, धरानको ३५–३७, सिमराको ३६–३८ ४०.० डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।

    मौसमविद पोखरेलले बुधबारदेखि तापक्रम घट्ने बताएका छन्। बिहीबारदेखि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकाले गर्मी कम हुने उनको प्रक्षेपण छ। मौसमविद पोखरेलले बुधबारदेखि तापक्रम घट्ने बताएका छन्। बिहीबारदेखि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकाले गर्मी कम हुने उनको प्रक्षेपण छ।

    मौसमविद पोखरेलले बुधबारदेखि तापक्रम घट्ने बताएका छन्। बिहीबारदेखि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकाले गर्मी कम हुने उनको प्रक्षेपण छ। सोमबार राति सुदूरपश्चिम र गण्डकीमा वर्षा गराउने बादल सक्रिय भएकाले उल्लेख्य पानी परेको बताए।

    पछिल्लो ६ घन्टाको अवधिमा स्याङ्जामा ६१.४, पोखरामा ३३.२, पाल्पामा ३८.८, स्याङ्जाको मालुङ्गामा २१.२, पाल्पाको कुमालगाउँमा २१.४ मिलिमिटर वर्षा भएको थियो। त्यस्तै म्याग्दी दरबाङमा २१.८ मिलिमिटर वर्षा भएको थियो।

    उता सुदूरपश्चिमको बाजुराको ओलेना केन्द्रमा ४६.२, दार्चुलाको गोकुलेश्वरमा २९.४ मिलिमिटर वर्षा भएको थियो। मंगलबार त्यो बादल लुम्बिनी र कर्णालीतिर सरिरहेकाले ती प्रदेशमा पनि वर्षाको सम्भावना रहेको उनले बताएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ