• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आन्दोलन स्थगित गरेर राजावादीहरूले आज शोक मनाउने

    1.8K
    SHARES



    काठमाडौं । राजावादीहरूले आजको आन्दोलन स्थगित गरेका छन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ती निकालेर दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय भएको बताएका छन् ।

    २०५८ साल जेठ १९ गते तत्कालीन राजदरबार हत्याकाण्ड हुँदा राजा विरेन्द्रसहित राजपरिवार सखाप भएको थियो । सोही दिनको सम्झनामा साँझ दीप प्रज्वलन गर्ने संयोजक सुवेदीले बताए ।

    आजको दिन साँझ ६ बजे कमलादी गणेशस्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले सो कार्यक्रममा सहभागी हुन आन्दोलनकारीहरुलाई अनुरोध समेत गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ