पोखरा । पोखरामा अलपत्र परेका यात्रुलाई सशस्त्र प्रहरीले गन्तव्यसम्म पुर्याउन आइतबार पनि स्कर्टिङ गरेको छ।
सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गते देखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेको छ । जसका कारण पोखरामा अलपत्र परेका यात्रुहरूलाई आइतबार बिहान २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सिमाना कोत्रेसम्म स्कर्टिङ गरेको छ । यस्तै त्यहाँबाट नम्बर २३ मनकामना गण तनहुँले नेपाल प्रहरीसहित स्कर्टिङ गरेर मुग्लिनसम्म पठाउने गरी योजना बनाएको सशस्त्र प्रहरीका सहप्रवक्ता सैलेन्द्र थापाले जानकारी दिए ।
शनिबार पनि करिब ९९ यात्रुलाई यसैगरी स्कर्टिङ गरिएको थियो । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीले प्रदेशभर सार्वजनिक यातायात ठप्प पारेका हुन् ।
प्रतिक्रिया