• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    अदालतको निर्णयपछि अमेरिकाबाट पाँच लाख आप्रवासी डिपोर्टको जोखिममा

    565
    SHARES



    वाशिङ्टन ।  अमेरिकाको सर्वोच्च अदालतले गरेको निर्णयका कारण त्यहाँ बसोबास गर्ने पाँच लाख भन्दा बढी आप्रवासीको वैधता सङ्कटमा परेको छ।

    यसअघिका राष्ट्रपति जो बाइडेनको कार्यकालमा लागु भएको प्यारोल कार्यक्रम अन्तरत अमेरिका पुगेका आप्रवासीको वैधता सक्ने ट्रम्पको घोषणाले मान्यता पाएको छ।

    आफ्नै देशमा आर्थिक र राजनीतिक यातना भोगेकालाई बाइडेनले अमेरिकामा बसोबास गर्नका लागि वैध व्यवस्था मिलाएका थिए। सो कार्यक्रम अन्तरगत क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाबाट अमेरिका पुगेका पाँच लाख ३० हजार निष्कासन हुने सम्भावना बढेको छ।

    प्यारोल कार्यक्रमले अमेरिकामा बस्न र काम गर्नका लागि अर्को दुई वर्षका लागि अनुमति दिएको थियो। अमेरिकी सरकारले गम्भीर मानवीय कारण भन्दै सो अधिकार दिएको थियो।

    यसअघि प्रशासनले सो कार्यक्रम स्थगित गर्ने निर्णयको विरुद्धमा सङ्घीय न्यायाधीशले उल्ट्याएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ