काठमाडौँ । आगामी आर्थिक वर्षमा ९४२ मेगावाट विद्युत् थपिने भएको छ । सरकारले नयाँ बजेटमार्फत् यस्तो लक्ष्य लिएको हो । योसँगै जडित क्षमता ४८०० मेगावाट पुग्नेछ ।
यो आर्थिक वर्षभित्र ७३२ किलोमिटर डबल सर्किट राष्ट्रिय प्रसारण लाइन बन्ने समेत लक्ष्य राखिएको अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका हुन् ।
त्यस्तै सरकारले तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
उनले आन्तरिक खपत बढाउने,आगामी दुई वर्षमा ग्रामीण विद्युतीकरण सकिने पनि बताए । उनले ६७० मेगावाटको जलसाय युक्त दुधकोशी जलविद्युत आयोजनाको जग्गा मुआब्जाको काम सम्पन्न गरी निर्माण कार्य सुरु गर्ने बताए ।
उनले अध्ययन सम्पन्न भएको तनहुँस्थित तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गरिने र बुढीगण्डकी आयोजना सार्वजनिक निजी साझेदारीमा निर्माण गरिने पनि बताए ।
उनले भने, ‘सरकारले गरेको लगानीलाई सेयरमा परिणत गरेको छ । अपर अरुण किमाथाङ्का अरुण,नलगाड,मुगु कर्णालीको निर्माण ढाँचामा बनाइने छ । १०६ मेगावाटको जग्दुल्ला आयोजना निर्माण गरिने छ ।’
प्रतिक्रिया