• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    ट्रम्प प्रशासनबाट बिदा हुँदै एलन मस्क

    685
    SHARES



    donald trump - 1

    काठमाडौँ । अर्बपति एलन मस्कले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको खर्च कटौती कार्यदलको नेतृत्व गर्ने समय ‘अन्त्यतिर’ पुगेको बताएका छन् ।

    ‘विशेष सरकारी कर्मचारीको रूपमा मेरो निर्धारित समय समाप्त हुँदै गर्दा, म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई व्यर्थ खर्च घटाउने अवसरको लागि धन्यवाद दिन चाहन्छु,’ उनले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन् ।

    उनले समयसँगै डज नामको सरकारी निकाय अझ बलियो हुँदै जाने र खर्च कटौती सरकारको जीवनशैली बन्ने विश्वास व्यक्त पनि गरेका छन् ।

    मस्कले यस वर्षको सुरुदेखि स्थापना गरिएको सरकारको दक्षता विभाग (डज) को नेतृत्व मस्कलाई दिएका थिए । त्यसलाई सरकारी खर्च कटौतीको योजना बनाउने र कार्यान्वयनमा लैजाने जिम्मा थियो ।

    ‘विशेष सरकारी कर्मचारी’को रूपमा नियुक्त उनलाई हरेक वर्ष १३० दिनसम्म सरकारी काम गर्न अनुमति दिइएको थियो । ट्रम्पले राष्ट्रपति पद सम्हालेको जनवरी २० को सुरुदेखि गन्दा उनले मेको अन्त्यतिर त्यो सीमा पूरा गर्नेछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ