• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भक्तपुरको सूर्यविनायकमा बस पल्टियो, चार जना घाइते

    1.6K
    SHARES



    काठमाडौँ । भक्तपुरमा बस पल्टिँदा चार जना घाइते भएका छन्। बिहीबार बिहान ८ बजे सूर्यविनायक नगरपालिका-५ चुनदेवि आकासे पुल नजिकै बा ३ ख २४४६ नम्बरको बस पल्टिएको हो।

    च्यामासि‌ंहबाट काठमाडौंतर्फ आउँदै गरेको बस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए। चार जना सामान्य घाइते भएको उनले बताए।

    काभ्रे घर भई जगाती बस्ने ४२ वर्षीय सानुमान थिङ, सूर्यविनायक-८ सिपाडोल बस्ने ५४ वर्षीय सुवर्ण भुजेल, सूर्यविनायक-९ पलासेकी ५० वर्षीया कोपिला महत र भारत घर भई भक्तपुर चुनदेवी बस्ने २३ वर्षीया किरण देवि बानियाँ घाइते भएका हुन्। उनीहरूलाई उपचारको लागि मध्यपुर अस्पताल लगिएको छ।

    प्रहरीले बस र चालक भक्तपुर नगरपालिका- ७ ईनाचो बस्ने ४२ वर्षीय रबिन प्रजापतिलाई नियन्त्रणमा लिएको छ। चालक र बसलाई प्रहरी वृत्त जगातीमा राखिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ