• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    प्रवास समाचार

    राजावादी आन्दोलनका नाममा हत्या, लुटपाट र आगजनी निन्दनीय: जनप्रगतिशील मोर्चा कुवेत

    1.6K
    SHARES



    काठमाडौं । नेपाली जन प्रगतिशील मोर्चा (कुवेत नेकपा बहुमत निकट) ले १५ चैत्रमा काठमाडौंका विभिन्न स्थानमा भएको हिंसात्मक घटनाको निन्दा गरेको छ। मोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाहकै निर्देशनमा दुर्गा प्रसाईँ नेतृत्वको समूहले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगजनी, सञ्चारगृहमाथि हमला, औषधि कारखानामा तोडफोड तथा व्यापारिक केन्द्रमा लुटपाट गरेको घटना निन्दनीय भएको जनाएको छ।

    शान्तिपूर्ण आन्दोलनको नाममा गरिएको उग्र गतिविधिले दुई जनाको ज्यान गएको र दर्जनौँ घाइते भएकोप्रति मोर्चाले गम्भीर निन्दा गर्दै दोषीहरूमाथि कडा कारबाहीको माग गरेको छ।

    मोर्चाको अध्यक्ष विकल्प र महासचिव सुरेश कलिकोटेले एक विज्ञप्ति जारी गर्दै पत्रकार सुरेश रजकको हत्या प्रेस स्वतन्त्रता र मानवअधिकारमाथिको ठाडो हमला भएको बताएका छन् । “राजावादी प्रदर्शनलाई कभरेज गर्न गएका पत्रकार रजकलाई घरभित्र थुनेर आगो लगाउनु जस्तो अमानवीय कार्य फासीवादी सोचको उपज हो,” विज्ञप्तिमा उल्लेख छ।

    मृतक पत्रकारका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन समेत मोर्चाले सरकारसँग माग गरेको छ। मोर्चाले दुर्गा प्रसाईँसहित हिंसात्मक घटनामा संलग्न सबैलाई तत्काल कानुनी कारबाही ल्याउन, मण्डले समूहद्वारा ध्वस्त पारिएका सार्वजनिक तथा निजी सम्पत्तिको पुनःनिर्माणका लागि क्षतिपूर्ति उपलब्ध गराउ, पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी दायरामा ल्याई अनुसन्धान गर्न,  नेपाल सरकारले पूर्वराजालाई दिइरहेको सम्पूर्ण सेवा-सुविधा खारेज गर्न माग गरेको छ ।

    प्रतिगामी गतिविधिबाट सचेत रहन पनि मोर्चाले जनतालाई अपिल गरेको छ। मोर्चाले “राजतन्त्र गइसकेको छ, त्यसलाई पुनःस्थापित गर्ने दिवास्वप्न देख्नु बेकार हो,” भन्दै आमनागरिकलाई लोकतान्त्रिक मूल्य मान्यता र संविधानको रक्षा गर्न एकजुट हुन आह्वान गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ