• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी समाचार

    भाटभटेनीमा प्रदर्शनकारीको तोडफोड र लुटपाट, मादक पदार्थ र अन्य सामग्री लुटेर भागे

    2.6K
    SHARES



    काठमाडौं।  काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा राजवादी समूहका प्रदर्शनकारीहरूले तोडफोड र लुटपाट गरेका छन्। यी प्रदर्शनकारीहरू उग्र बनेर सुपरमार्केटमा प्रवेश गरे र त्यहाँ रहेका खाद्यान्न, इलेक्ट्रिकल सामग्री र मादक पदार्थ बोत्तलहरू सहित अन्य सामान लुटेर भागेका छन्। यस घटनाको भिडियो सार्वजनिक भएपछि यसले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ।

    भाटभटेनी सुपरमार्केटमा प्रदर्शनकारीहरूले सामानहरू चोरी गरेर फरार भइरहेका दृश्यहरूले राजावादीहरुको असलियत प्रष्ट पारेको छ। उनीहरूले केवल खाद्यान्न र इलेक्ट्रिकल सामान मात्र लुटेका छैनन्, मादक पदार्थका बोत्तलहरूसमेत लुटेर भागेका छन्। लुटपाटको घटनापछि सुरक्षा व्यवस्था कडा गरिएको छ र प्रहरीले यसको अनुसन्धान प्रक्रिया सुरू गरेको जनाएको छ।

    यसैबीच, तीनकुने क्षेत्रमा पनि राजवादी प्रदर्शनकारीहरूले असहिष्णु आक्रोश देखाएका थिए। तीनकुनेमा एकीकृत समाजवादी पार्टीको कार्यालयमा तोडफोडको घटना भएको थियो। यसअघि तीनकुने स्थित एक व्यावसायिक भवनमा पनि तोडफोड र आगजनी गरेका थिए।

    राजतन्त्रको पक्षधर प्रदर्शनकारीहरू आफ्नो आक्रोश व्यक्त गर्नका लागि यस्ता हिंसात्मक क्रियाकलापमा संलग्न भएका छन्। यी घटनाहरूले राजधानी काठमाडौंमा राजनीतिक उथलपुथल र अशान्ति सिर्जना गरेको छ। यस घटनापछि सरकारले सुरक्षा बललाई घटनास्थलमा तैनाथ गरेर थप अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ