काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएपछि मंगलबार बिहानैदेखि देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।
विरोध प्रदर्शन बढेपछि सम्भावित घटनालाई मध्यनजर गर्दै विद्युत् प्राधिकरणको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्राधिकरणको मुख्यालयमा सुरक्षा दिइरहेका छन् ।
घिसिङलाई हटाउने निर्णयको विरोधमा राजनीतिक दल, विद्यार्थी संघसंगठनदेखि सर्वसाधारणले पनि बिरोध गरिरहेका छन् । यसैबीच काठमाडौंको प्रदर्शनीमार्गमा विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् ।
घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा विद्यार्थीहरुले पुत्ला जलाएका हुन् ।
प्रतिक्रिया