• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    ट्रम्प र पुटिनबीच फोन वार्ता हुँदै, के के छन् प्रमुख मुद्दा ?

    143
    SHARES



    वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लाडिमिर पुटिनसँग मंगलबार बहु प्रतीक्षित फोन वार्ता गर्दैछन्। वार्ता हुनु अघि अन्य धेरै ‘कम्पोनेन्ट’ सकारात्मक भएको ट्रम्पले बताएका छन्। उनले ट्रुथ सोसलमा मंगलबार बिहान वार्ता सकारात्मक हुने बताएका हुन्।

    उनले प्रत्येक साता दुवै दक्षमा २५०० सेना मारिने क्रमको अन्त्य आवश्यक भएको समेत बताए। यसअघि नै उनले सञ्चारकर्मीसँग शान्ति स्थापना गर्न सकिने कुरामा आशावादी रहेको बताएका थिए।

    बेलायत र फ्रान्सले पुटिनले आफू शान्ति पक्षधर रहेको पुष्टि गर्न आवश्यक समय आएको बताए। फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोले भोलोडोमिर जेलेन्स्की युद्ध विरामको पक्षमा रहेकोमा सहना गर्दै पुटिनलाई पनि शान्ति स्थापनाको पक्षमा उभिन चेतावनी दिएका हुन्।

    बेलायती विदेश सचिव डेभिड लेमीले रुसले नि शर्त युद्ध विराम गर्ने समय आएको बताए। उनले बेलायत र अन्य निकट शक्तिसँग रुसलाई युद्ध विराममा ल्याउनका लागि कार्ड भएको समेत बताए।

    ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलीन लेभिटले ट्रम्पकै प्रयासमा मात्र युद्ध विराम सम्भव देखिएको प्रतिक्रिया दिइन्।

    रुसले सन् २०२२मा नियन्त्रणमा लिएको युरोपको सबै भन्दा ठुलो आणविक भट्टी झम्पोझारियाका बारे छलफल हुनेछ। ट्रम्पले रुसले जमिन कब्जा गर्ने विषयमा वार्ता गरी रहेको तथा आफूले आणविक भट्टीमा हुन सक्ने जोखिमका बारे कुरा गरी रहेको बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ