• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    २१.६३ अंकले घट्यो सेयर बजार

    133
    SHARES



    काठमाडौँ । सेयर बजार परसिूचक (नेप्से) आज २१.६३ अंकले घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक घटेर २७१४.८५ विन्दुमा ओर्लिएको हो ।

    आज बजारमा ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन ७ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको थियो ।

    आज बजारमा ३१ कम्पनीको मूल्य बढेको छ । २०७ कम्पनीको मूल्य घटेको छ भने बाँकी ६ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा सामुदायिक लघुवित्तको शेयर ८ प्रतिशत भन्दा धेरैले बढेको छ । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक र पिपुल्स हाइड्रोपावर सेयरमूल्य सबैभन्दा धेरैले घटेको छ ।

    बजारमा आज अन्य ट्रेडिङ परिसूचकमा उच्च सुधार हुँदा अरू सबै समूहको सूचक घटेको छ । विकास बैंक समूहमा सबैभन्दा धेरै २.२५ प्रतिशतको गिरावट देखिएको छ ।

    कारोबार रकम, कारोबार भएको शेयर संख्या र कारोबार संख्याका आधारमा क्रमशः हिमालय रिइन्स्योरेन्स कम्पनी, घलेम्दी हाइड्रो र गार्डियन लाइफ इन्स्योरेन्स अगाडि रहेका छन् । हिमालयन रिइन्स्योरेन्सको शेयर आज ५८ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ