• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    बन्द कोठामा छलफल भए ट्रम्पसँगको सम्बन्ध सुधार हुन्छ- जेलेन्स्की

    1.9K
    SHARES



    काठमाडौँ । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तित्तिएको सम्बन्ध सुधार गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।

    आइतबार युरोपेली नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुराकानीमा जेलेन्स्कीले सम्बन्ध ब्युँताउन सक्ने तर त्यसका लागि छलफल बन्द कोठामा हुनुपर्ने बताएका हुन्।

    शुक्रबार ट्रम्प र जेलेन्स्कीबीच राष्ट्रपति स्तरमा सौहार्दपूर्ण वातावरणमा छलफल भइरहँदा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हस्तक्षेप गर्दा माहोल गर्मिएको थियो।

    भान्स सिनेटर हुँदैदेखि जेलेन्स्कीका विरोधी हुन्। अमेरिकामा झगडा परेपछि सिधै बेलायत पुगेका जेलेन्स्कीले ट्रम्पसँग फेरि वार्ता हुन सके सम्बन्ध सुधार गर्नेसक्ने दाबी गरेका हुन्।

    ‘मलाई लाग्छ हाम्रो सम्बन्ध टुटेको छैन, निरन्तरता नै छ। तर त्यस्ता छलफलहरू खुला हुनुहुँदैन थियो,’ उनले भने। अमेरिका सभ्य संसारको नेता भएका कारण पनि उसले युक्रेनलाई सहयोग बन्द नगर्ने पनि जेलेन्स्कीले बताए।

    ‘सभ्य दुनियाँको नेताको हैसियतले रूसी राष्ट्रपति पुटिनलाई सहयोग गर्न चाहँदैनन् भन्ने विश्वास छ। त्यसो नभए पनि युक्रेन सबै परिणामका लागि तयार छ,’ जेलेन्स्कीले भने।

    अमेरिकासँग खनिज सम्झौताका लागि आफू अझै पनि तयार भएको जेलेन्स्कीले बताएका छन्। उनी त्यही सम्झौताका लागि शुक्रबार ह्वाइट हाउस पुगेका थिए। तर ओभल अफिसमा चर्काचर्की परेपछि सम्झौता हुन नसकेपछि जेलेन्स्की बाहिरिएका थिए। यद्यपि सम्झौताका लागि पुनः छलफल हुन सक्छन् कि भनेर जेलेन्स्की निकैबेर ह्वाइट हाउसबाहिर कुरेको बताएका छ।

    ‘हामीले हस्ताक्षर गर्न तयार भएरै सम्झौता गर्ने विषयमा सहमत भएका हौं। अझै पनि खनिज सम्झौतामा हस्ताक्षर गर्न युक्रेन तयार छ र मलाई लाग्छ अमेरिका पनि तयार छ,’ जेलेन्स्कीले भने।

    वेलायतका प्रधानमन्त्री कियर स्टार्मरले पनि अमेरिका युक्रेनको शीर्ष सैन्य समर्थक रहेको बताए। युक्रेनलाई समर्थन नगरेर पुटिनलाई सजिलो हुने अवस्था ट्रम्पले बनाउने विश्वास व्यक्त गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ