• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि

    1.1K
    SHARES



    काठमाडौं । इजरायलले युद्धविरामको अवधि ४२ दिन बढाएको छ । युद्धविरामको पहिलो चरण समाप्त भएको दिनदेखि नै इजरायलले युद्धविरामको अवधि थप गरेको हो ।

    हमास र इजरायलबीच सन् २०२५ को जनवरी १९ देखि युद्धविराम कार्यान्वयन भएको थियो । यसको पहिलो चरण मार्च १ शनिबारको मध्यरातिबाट समाप्त भएको थियो । तर लगत्तै युद्धविरामको लम्बाउने घोषणा इजरायलले गरेको बीबीसीले जनाएको छ ।

    युद्धविराम लम्ब्याउने प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले राखेका थिए । त्यसमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सहमत भएका हुन् ।

    बीबीसीले रमजान लगायतका चाडपर्वलाई समेत मध्यनजर गरी इजरायलले युद्धविरामको अवधि थपेको जनाएको छ ।

    यसबीचमा दोस्रो चरणको युद्धविरामबारे छलफल हुने छ । यदि त्यो छलफल विफल भएमा इजरायलले ४२ दिनपछि पुनः हमासमाथि आक्रमण सुरु गर्ने छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ