काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज दोस्रो पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठकमा पार्टी सुदृढिकरण अभियानको समीक्षा भइरहेको छ ।
गत कात्तिकदेखि जारी ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ नामको चार महिने अभियान अन्तिम चरणमा आइपुग्दा पार्टीले समीक्षा गरेको हो । शनिबारको बैठकमा कार्यकारिणी समितिका २३ सदस्यले धारणा राखेका थिए ।
आजको बैठकमा थप सदस्यहरूले धारणा प्रस्तुत गरिरहेको प्रवक्ता मनीष सुमनले जानकारी दिए । छलफलमा सहभागी नेताहरूले अभियानका साथै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि धारणा व्यक्त गरिरहेको उनले बताए ।
मधेशकेन्द्रित ८ दलको बन्दै गरेको मोर्चा, सरकारले ल्याएका अध्यादेश र ताप्लेजुङमा चलिरहेको नो केबलकार आन्दोलनलगायत विषय पनि बैठकको एजेन्डा छन् ।
प्रतिक्रिया