• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    परराष्ट्रमन्त्री राणाद्वारा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा ब्रिफिङ

    60
    SHARES



    काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको चीन र संयुक्त राष्ट्रसङ्घको भ्रमणबारे जानकारी दिएकी छन् । सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री राणाले भ्रमणबारे जानकारी दिएकी हुन् ।

    बैठकमा उनले प्रधानमन्त्री ओलीको असोजमा राष्ट्रसङ्घको ७९ औँ महासभामा भएको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र विश्व मञ्चमा नेपालको उपस्थिति मजबुत बनाउन योगदान गरेको बताइन् ।

    उनले भनिन्: ‘यसबाट नेपालको पक्षमा विश्व समुदायको ध्यानाकर्षण गराउन, राष्ट्रिय हित प्रवर्द्धन गर्न गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई सशक्त रूपमा प्रस्तुत गर्न योगदान पुगेको छ ।’ प्रधानमन्त्री ओली असोज ४ गतेदेखि १४ गतेसम्म राष्ट्रसङ्घको सभामा सहभागी भएका थिए ।

    मन्त्री राणाले प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि २० गतेसम्म भएको चीन भ्रमण पनि उपलब्धिमूलक भएको बताइन् ।

    सो भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच दुई पक्षीय हितका विविध विषयहरूमा छलफल भएको बताउँदै उनले उक्त वार्तामा नेपाल र चीनबिचको सम्बन्ध र सहयोग सम्बन्धी महत्पूर्ण पक्षहरूमा घनिभूत छलफल हुनुका साथै द्विपक्षीय सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त भएको बताइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया