• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    माओवादीले बोलायो पदाधिकारी बैठक

    47
    SHARES



    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सोमबार दिउँसो २ बजे बस्ने एक नेताले बताए ।

    पौडेलका अनुसार पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय कार्यान्वयन लगायत विषयमा छलफल हुनेछ । केन्द्रीय समिति बैठकपछि पहिलो पटक पदाधिकारी बैठक बस्न लागिएको हो ।

    आजको बैठकले केन्द्रीय समिति बैठकको निर्णयसहित परिपत्र जारी गर्न सक्ने नेताहरूले बताएका छन् । केन्द्रीय समिति बैठकले ६ महिनाभित्र जबस मोर्चाको अधिवेशन गर्ने, जनतासँग माओवादी अभियान चलाउने र एक वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशनमा जाने निर्णय गरेको थियो ।

    यस्तै बैठकले हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र मध्य पहाडी पुष्पलाल राजमार्ग केन्द्रित सञ्चालन गर्ने, विचार मिल्ने वामपन्थी दलहरूसँग एकताको निम्ति उच्चस्तरीय संवाद समिति गठन गर्ने, माघ १ गते सम्ममा सबै केन्द्रीय सदस्यहरूको कार्य विभाजन र जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो ।

    यसैगरी अवकाश प्राप्त विद्यार्थी नेताहरूलाई पार्टीको विभिन्न कमिटीहरूमा व्यवस्थापन गर्ने, पदाधिकारीदेखि सबै नेताहरूको सम्पत्ति विवरण पार्टीमा बुझाउने र पार्टीको लेखा आयोगले अनुगमन गर्ने निर्णय गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया