काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक ४ महिनापछि बसेको छ।
यसअघि भदौ ९ गते समितिको बैठक बसेको थियो। सांसदहरूले समिति बैठक नडाकिएको विषयमा सभापति ऋषिकेश पोखरेल माथि प्रश्न उठाएका थिए।
सांसद अमरेशकुमार सिंहले राज्य व्यवस्था समितिमा पुगेर कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाउन नसकेपछि सभापतिले बैठक नराखेको आरोप लगाएका थिए।
सभापति पोखरेलले ४ महिनापछि बसेको बैठकमा उपसमिति बैठक बसिरहेको बताए। ‘हालसम्म उपसमितिको ११२ बैठक भए,’ पोखरेलले भने, ‘३२ वटा समितिको बैठक बस्यो।’
प्रतिक्रिया