कास्की। पूर्व उपप्रधान तथा गृहमन्त्री रविलामिछाने थप ४ दिन थुनामा रहने भएका छन् । मंगलबार उनलाइ थप ४ दिन हिरासतमाै रख्न आदेश दिएको हाे ।
रास्वपा सभापतिसमेत रहेका लामिछानेसहित ५ जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएकोमा लामिछानेलाई थप ४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको प्रहरीले जनाएको छ ।
लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा मुद्दा दर्ता गराउने तयारीमा प्रहरी पुगेको छ । अनुसन्धानका अझै जारी रहेको भन्दै आज म्याद थपका लागि अदालत लगिएको थियो ।
डीएसपी वसन्तकुमार शर्माले सञ्चारकर्मीलाइ दिएको जानकारी अनुसार कास्की अदालतमा सूर्यदर्शन सहकारी ठगीमा संलग्न ठानिएका लामिछानेसहित ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड बीगो माग गरिने भएको छ ।
प्रतिक्रिया