• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    हिन्द महासागरको सानो टापुमा शक्तिशाली आँधी, सयौँको ज्यान गएको आशङ्का

    539
    SHARES



    काठमाडौँ । शक्तिशाली चिडो चक्रवातका कारण हिन्द महासागरको मेयोट टापुमा ठुलो सङ्ख्यामा मानिस प्रभावित भएका छन् । यो क्षेत्रमा विगत १०० वर्षमा आएको सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ ।

    अहिले कम्तीमा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । तर त्यहाँको विध्वंस देखेपछि राहतकर्मीले योभन्दा मृत्यु हुनेको सङ्ख्या धेरै हुने बताएका छन् ।

    अधिकारीहरूका अनुसार आँधीका कारण सयौँको ज्यान गएको सम्भावना रहेको छ । राहत कार्यकर्ताहरू अझै पनि केही प्रभावित क्षेत्रमा पुग्न प्रयास गरिरहेका छन्।

    मेयोटको जनसङ्ख्या ३ लाख २० हजार छ । अहिले हजारौँ मानिस खाना, पानी र आश्रयविना बसिरहेका छन् । यस टापुमा फ्रान्सको अधिकार छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया