• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सीके राउतको पहलमा खुल्यो कृषि सामग्री कम्पनीको ताला, मलखाद वितरण सुरु

    648
    SHARES



    काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको पहलमा कृषि सामग्री कम्पनी लिमिटेड सप्तरीको गोदाममा लागेको ताला खोलिएको छ । तालाबन्दीका कारण केही दिनदेखि मलखाद वितरण ठप्प थियो । अब मल सहज रूपमा वितरण हुने जनमत पार्टीले जनाएको छ ।

    सप्तरीका पालिका प्रमुखहरूले विभिन्न माग राखी तालाबन्दी गरेका थिए । तालाबन्दी गरेका कारण किसान मलखादबाट वञ्चित थिए । बुधबार जनमत पार्टीका अध्यक्ष राउतसहित मुख्यमन्त्री सतिशकुमार सिंह मलखाद वितरण सहज गराउनका लागि धर्नासमेत बसेका थिए ।

    धर्नापछि जनमत पार्टीले जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै मलखादको कालोबजारी रोक्ने तथा किसानलाई सुपथ मूल्यमा सहज तरिकाले मलखाद वितरण गराउन आग्रह गरेको थियो । सो आग्रहपछि सम्बन्धित पक्षसँग छलफल गरी गोदाममा लगाइएको ताला अध्यक्ष राउतको रोहबरमा खोलिएको जनमत पार्टीका नेता एवं प्रदेश सभा सदस्य महेश यादवले बताए ।

    सप्तरी क्षेत्र नम्बर २ का सांसदसमेत रहेका अध्यक्ष राउत प्रदेश सांसद महेश यादव, मुख्यमन्त्री सतिश कुमार सिंहको अगुवाइमा जनमत पार्टीले गाउँ–गाउँमा ‘दलान दलीलः जनतासँग जनप्रतिनिधि कार्यक्रम’ सञ्चालन गरिरहेको छ । सो कार्यक्रममा अधिकांश जनताले मलखादको बारेमा कुरा उठाउँदा अध्यक्ष राउतले त्यसको पहलकदमी लिएर ताला खुलाइएको यादवले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया