काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान ९ बजेपछि बैठक सुरू भएको हो।
बैठकमा मंसिर १६ मा भएको स्थानीय तह उपनिर्वाचन समीक्षा र समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुनेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहनेछ।
स्थानीय तह उपनिर्वाचनमा कांग्रेसले १९ स्थानमा जितेको थियो। केन्द्रीय समिति बस्न नसक्ने अवस्थामा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक राख्ने गर्छ।
कार्यसम्पादन समितिमा वर्तमान पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यहरू छन्।
प्रतिक्रिया