फ्लोरिडा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न फ्लोरिडा पुगेका छन् । यो बैठक यस्तो समयमा हुन लागेको हो, जब केही दिनअघि ट्रम्पले क्यानडामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए ।
ट्रुडो शुक्रबार साँझ फ्लोरिडाको पाम बिच इन्टरनेसनल एयरपोर्टमा अवतरण भएको क्यानाडाली मिडियाले जनाएको छ । जहाँबाट उनी ट्रम्पलाई उनको घर अर्थात् मार–ए–लागो एस्टेटमा भेट्न जानेछन् ।
दुई नेताहरूले यस हप्ताको सुरुमा फोनमा कुरा गरे, जब ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेपछि मेक्सिको र क्यानडाबाट अमेरिकामा आउने सबै उत्पादनहरूमा उच्च शुल्क लगाउने घोषणा गरे।
न त ट्रम्पको टोलीले कुनै जवाफ दिएको छ न त ट्रुडोको कार्यालयले ट्रुडोको यो भ्रमणबारे कुनै जानकारी दिएको छ । यो भ्रमण ट्रुडोको सार्वजनिक कार्यक्रमको सूचीमा समावेश गरिएको थिएन। दुवै नेताले सँगै डिनर गर्ने स्रोतबाट जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया