• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    एमसिए नेपालको २९७ किमि विद्युत प्रसारण लाइनको बोलपत्र पुन:आह्वान

    204
    SHARES



    काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपाल विकास समिति (एमसिए–नेपाल) ले दुई सय ९७ किमि विद्युत प्रसारण लाइन निर्माणका लागि बोलपत्र पुन:आह्वान गरेको छ।

    अघिल्लो बोलपत्र आह्वान प्रक्रियामा सहभागीहरूबाट गरिएको न्यूनतम लागत प्रस्ताव समेत अनुमानको तुलनामा धेरै भएपछि पुनः आह्वान गरिएको हो।

    कुल तीन सय १५ किमि विद्युत प्रसारण लाइन निर्माणलाई तीन चरणमा बाँडिएको छ। लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीन वटा खण्डमा विभाजन गरिएको उक्त प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ साल माघ १७ गतेसम्म तोकिएको छ।

    यसमध्ये एमसिए–नेपालले बुटवल–गोरखपुर प्रसारण लाइन अन्तर्गत नेपालमा पर्ने १८ किमि प्रसारण लाइन निर्माणका लागि सम्झौता भइसकेको छ। गत भदौमा ट्रान्सरेल लाइटिङ लिमिटेडसँग १४ गते १२ करोड ३६ लाख अमेरिकी डलरको सम्झौता भएको थियो। सो प्रसारण लाइन २१ महिनाको अवधिमा निर्माण गरिने भएको छ।

    विस्तृत समीक्षापछि दुई सय ९७ किमि विद्युत प्रसारण लाइनको लागि पुनःआह्वान गरिएको यस बोलपत्रमा परिमार्जित डिजाइन, टावर निर्माण स्थलमा सहज पहुँच र बोलपत्रदाताहरूको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधानहरू समेटिएको एमसिएले उल्लेख गरेको छ।

    ‘निर्माणाधीन प्रसारण लाइनमध्ये १८ किमि खण्डको निर्माणका लागि सम्झौता सम्पन्न भइसकेको अवस्थामा परिमार्जित प्रावधानहरूका कारण बाँकी दुई सय ९७ किमि प्रसारण लाइन निर्माणका लागि बोलपत्रदाताहरूको अभिरुचि उल्लेख्य रूपमा बढ्ने कुरामा हामी विश्वस्त छौँ,’ एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया