• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    दाइ र श्रीमतीसहित सुप्रिम बचतमा जीबी परिवारका चार जना प्रतिवादी

    24
    SHARES



    काठमाडौँ । रुपन्देहीको बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा जीबी राई परिवारका चार जनालाई प्रतिवादी कायम गरिएको छ ।

    कुल २२ जना प्रतिवादी मध्येमा जीबी राई, उनकी पत्नी भगवती बमजन ‘निशा’, दाहीहरू अनन्तबाबु राई र देवेन्द्रबाबु राईलाई पनि प्रतिवादी कायम गरिएको छ ।

    ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ घर भएका ४५ वर्षीय गितेन्द्रबाबु राई (जीबी) सुप्रिम बचत तथा ऋण सहकारीको पूर्व अध्यक्ष हुन् । उनकी पत्नी सिन्धुलीको लदाभीर माइती भएर धापासी बस्ने भगवती बमजन ‘निशा’ स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङ प्रालिको सेयरधनी हुन् ।

    स्प्रिङ उडमा सुप्रिमको १३ करोड ९८ लाख २२ हजार ६२५ रुपैयाँ गैरकानुनी रूपमा अपचलन भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । जीबीका दाइ ५० वर्षीय अनन्त बाबु राई र ४७ वर्षीय देवेन्द्रबाबु राईको पनि सहकारीको रकम अपचलनमा संलग्नता देखिएको छ । देवेन्द्रबाबु सुप्रिम बचत तथा ऋण सहकारीको सञ्चालक समिति सदस्य हुन् ।

    अनन्तबाबु गोर्खा ग्रुप अफ कम्पनी प्रालिको सञ्चालक समिति सदस्य र स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङको सेयर सदस्य हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया