• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    धितोपत्र बोर्डले नेतृत्व पाएसँगै ३३ अंकले बढ्यो नेप्से

    332
    SHARES



    काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएसँगै सेयर बजार परिसूचक (नेप्से) ३३ अंकले बढेको छ । १.२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६.६६ बिन्दुमा उक्लिएको छ ।

    आज २११ कम्पनीको मूल्य बढ्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोडको भएकोमा यस दिन ७ अर्ब ४४ करोडको कारोबार भयो ।

    २११ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ १.२०, विकास बैंक ०.४९, फाइनान्स १.५१, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर १.९७, लगानी १.१३, जीवन बीमा १.०२, उत्पादन १.०८, माइक्रोफाइनान्स ०.८५, निर्जीवन बीमा ०.८१, अन्य १.६८ र व्यापार समूह १.२९ प्रतिशत बढे ।

    तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड इदी मर्दी हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो । मिथिला लघुवित्त वित्तीय संस्थाको ९.६, अपरहेवाखोलाको ८.८ तथा मायाखोला हाइड्रोपावरको ८.६ प्रतिशत मूल्य बढ्यो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया