• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

Uncategorized

धुलिखेलस्थित मानव कल्याण सेवा समाजको घरमा एक महिला मृत भेटिइन्

1.2K
SHARES



काठमाडौं । काभ्रेको धुलिखेलमा रहेको मानव कल्याण सेवा समाज घरमा सुतेकी एक जना महिला मृत भेटिएकी छन् ।

करिब ३५ की माइली मानव मगर नाम गरेकी महिला शनिबार राति आफैं सुत्ने ओछ्यानमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी सोही घरमा बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार ती महिलालाई भक्तपुरको सुर्यबिनायक नगरपालिका-७ गुण्डु बाट २०७६ चैत १० गते बेवारिसे अवस्थामा फेला पारी उद्धार गरेर त्यहाँ राखिएको पाइएको छ ।

मृतकको शव शनिबार राति करिब एक बजे पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ