• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    इजरायलको आक्रमणमा ८८ प्यालेस्टाइनीको मृत्यु

    512
    SHARES



    न्युयोर्क। इजरायली सेनाले उत्तरी गाजामा गरेको दुई भिन्न आक्रमणमा ८८ जना प्यालेस्टाइनीको ज्यान गएको छ। बेहित लाहिया र गाजा सहरको सेख राडवनमा भएको आक्रमणमा सो ज्यान गएको हो।

    यसैबीच इजरायलले लेबनानको दक्षिणी क्षेत्र टाइयामा गरेको आक्रमणमा नौ जना लेबनानीको ज्यान गएको छ। हिजबुल्लाहका नेता नियम कसिमले कुनै पनि हालतमा युद्ध विराम हुनुपर्ने र लेबनानको सार्वभौमसत्ता जोगाउनु पर्ने कुरामा अडिग छन्।

    बुधबार राति खायममा इजरायली सेनामाथि मिसाइल आक्रमण गरेको हिजबुल्लाहले जनाएको छ। अमेरिकी दूत आमोस हचेस्टाइन बेरुतमा वार्ता सकेर तेल अभिभ पुगे लगत्तै सो आक्रमण भएको थियो।

    यता अमेरिकी सिनेटमा इजरायलमा हतियार बिक्री गर्ने प्रस्ताव अस्वीकार गरेको छ। अमेरिकाले इजरायललाई हतियार बिक्री गर्न सुरु गरेपछि संसदमा नै मतदान भएको यो पहिलो पटक हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया