• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एनआरएनए विवाद मिलाउन घलेले बोलाए उच्चस्तरीय समितिको पहिलो बैठक

    409
    SHARES



    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको पहिलो बैठक आह्वान भएको छ । परराष्ट्र मन्त्रालयको पत्र अनुसार समितिका संयोजक शेष घलेले मंसिर ४ गतेको लागि पहिलो बैठक बोलाएका हुन् ।

    सर्वोच्च अदालतको चैत २१ गतेको फैसला अनुसार घलेले पहिलो बैठक बोलाएको ६ महिनाभित्र एकताको महाधिवेशन गर्नुपर्नेछ । समितिका सदस्य विनोद कुँवरले संघको बालुवाटारस्थित कार्यालयमा बैठक बस्ने गरी आह्वान भएको बताए ।

    हाल संघमा तीन समूह रहेको छ भने सबै समूहलाई मिलाएर घलेले एकताको महाधिवेशन गराउनुपर्ने छ । बैठक बोलाएकोबारे विज्ञप्ति समेत जारी गरेका छन् ।

    हेर्नुहोस् विज्ञप्ति 

    प्रस्तुत सूचना सम्मानित सर्वोच्च अदालतले मुद्दा नं. ०७९-WO-१५०७ को उत्प्रेषण परमादेश मुद्दामा मिति २०८०।१२।२१ मा भएको फैसलाले गठित उच्च स्तरीय समिति र सो समितिलाई दिएको आदेशको कार्यान्वयनार्थ गैर आवासीय नेपाली संघको सदस्यता, निर्वाचन तथा अधिवेशन प्रतिनिधि छनौट लगायत सम्बद्ध सम्पूर्ण विवादको समाधान गरी एकतापूर्ण महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयको मिति २०८१।०७।०१ को पत्रको आधारमा उच्च स्तरीय समितिको पहिलो बैठक मिति २०८१।०८।०४ गते, मंगलबार (तदानुसार सन् २०२४ नोभेम्बर १९ तारिख), समय दिनको ३:०० बजे देखि – ५:०० बजे सम्म र स्थान काठमाडौँ जिल्ला, का.म.न.पा. वडा नं. ४, बालुवाटार सुवर्ण शम्शेर मार्गमा अवस्थित गैरआवासीय नेपाली संघको कार्यालयको बैठक कक्षमा विविध विषयमा छलफल गरी निर्णय गर्नको निम्ति उच्च स्तरीय समितिको बैठक आव्हान गरिएको जानकारी गराइन्छ ।

    उच्च स्तरीय समितिको संयोजक

    शेष घले

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया