• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमाले सचिवालय बैठकले गर्यो यस्ता पाँच निर्णय

    304
    SHARES



    काठमाडौँ । प्रमुख सत्तारूढ दल नेकपा (एमाले)को सचिवालय बैठकले विभिन्न पाँच निर्णय गरेको छ।

    शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले समसामयिक राजनीति, स्थानीय तहको उपनिर्वाचन लगायतका विषयमा छलफल गरी विभिन्न निर्णय गरेको हो।

    एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकले विश्व राजनीति र त्यसले नेपालको हितमा पार्ने अनुकूलता र चुनौतीहरूबारे बैठकको सुरूमा छलफल भएको थियो।

    अमेरिकामा भर्खरै सम्पन्न भएको राष्ट्रपति निर्वाचन, रूसमा केही समयअघि भएको ब्रिक्स समिट र अन्तर्राष्ट्रिय परिस्थितिमा आएका केही नयाँ घटनाक्रमहरूले नेपालको राष्ट्रिय हितमा पार्ने अनुकूलता र चुनौतीहरू लगायतका विषयमा समीक्षा भएको ज्ञवालीले जानकारी दिए।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे पनि छलफल भएको छ।आगामी डिसेम्बर पहिलो साता हुने भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा रूपान्तरित गर्नका लागि सरकारलाई सफलता प्राप्त होस् भन्ने सुभेच्छा बैठकले व्यक्त गरेको उपमहासचिव ज्ञवालीले बताए।

    ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण छोटो हुने पनि बताए। सचिवालय बैठकले सरकारको चार महिने कार्यकालको समीक्षा पनि गरेको छ। यस अवधिमा सरकारले आधारभुत रूपमा ठीक ढंगले काम गर्दै अगाडि बढिरहेको उपमहासचिव ज्ञवालीले बताए।

    बैठकको दोस्रो निर्णय आगामी मंसिर १६ गते हुने ४४ वटा स्थानीय तहमा हुने उपनिर्वाचनसँग सम्बन्धित छ। उपनिर्वाचन हुने स्थानीय तहहरूले सिफारिस गरेबमोजिम प्रदेश कमिटीले उम्मेदवारको टुंगो लगाइसकेको छ।

    प्रदेश कमिटीले निर्णय गरेर पठाएको उम्मेदवारहरूको नाम सचिवालय बैठकले अनुमोदन गरेको छ। त्यससँगै सिंगो पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालित हुन आह्वान पनि गरिएको ज्ञवालीले बताए।

    तेस्रो निर्णय कोशी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट राजीनामा दिएका एमाले सांसद लिलाबल्लभ अधिकारीबारे छ।

    अधिकारीमाथि मानव तस्करीमा मुछिएको आरोप लागेपछि कोशी प्रदेश कमिटीले शनिबार पार्टीका सबै जिम्मेवारीसहित पार्टीको सदस्यसमेत नरहने गरी निलम्बन गर्ने निर्णय गरेकव थियो। सो निर्णयलाई केन्द्रीय सचिवालयले अनुमोदन गर्ने निर्णय गरेको छ।

    ती आरोपहरूबारे बस्तुनीष्ठ, तथ्यपरक र गम्भीर छानबिन सरकारले गर्ने र त्यसमा पार्टीको तर्फबाट पूर्ण रूपमा सहयोग हुने प्रतिबद्धता पनि बैठकबाट भएको उपमहासचिव ज्ञवालीले बताए। बैठकको चौथो निर्णय आगामी ७ गते गर्न लागेको जागरण सभासँग सम्बन्धित छ।

    उपमहासचिव ज्ञवालीले मंसिर ७ गते काठमाडौं जिल्ला कमिटी, ललितपुर जिल्ला कमिटी र भक्तपुर जिल्ला कमिटीले काठमाडौंमा आयोजना गर्ने जागरण सभालाई सफल पार्न पार्टीका सबै जनवर्गीय संगठनहरू, सम्पर्क कमिटी, सम्पर्क मञ्चहरू र अरू पेसागत संगठनहरूलाई सहयोग गर्न आह्वान गर्ने निर्णय गरेको बताए।

    बैठकले पार्टीका महासचिव शंकर पोखरेलका दाइ देवी पोखरेलको निधनप्रति दुःख व्यक्त गरेको छ। उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महासचिव लगायत शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया