• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    मानव तस्करीमा जोडिएका लिलाबल्लभलाई एमालेले गर्‍यो कारबाही, विज्ञप्तिसहित

    354
    SHARES



    काठमाडौँ । कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट राजीनामा दिएका लिलाबल्लभ अधिकारीलाई नेकपा (एमाले)ले कारबाही गरेको छ।

    शनिबार एमालेको कोशी प्रदेश कमिटीले मन्त्री अधिकारीमाथि लागेको आरोपबारे अन्तिम निरूपण नभएसम्मका लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी कारबाही गरेको हो।

    एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जारी गरेको विज्ञप्तिअनुसार अधिकारीलाई महाधिवेशन प्रतिनिधि परिषद तथा संगठित सदस्यबाट समेत निलम्बन गरिएको हो।

    प्रदेश कमिटीले मन्त्री अधिकारीको भ्रमणसंग जोडिएर लागेको मानव तस्करी जस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ। अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्‍याउन खोजेको आरोप छ।

    अधिकारी कोशी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए। तर त्यहाँको अध्यागमनले मन्त्री अधिकारीसहित उनीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि यो प्रकरणको सार्वजनिक भएको थियो।

    डिपोर्ट भएपछि उनले नैतिकताका आधारमा भन्दै राजीनामा दिएका थिए। जापानले डिपोर्ट गरेका तीन जना अहिले प्रहरी हिरासतमा छन्। उनीहरुको बयानका आधारमा प्रहरीले जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डे पनि सोही अभियोगमा पक्राउ परेका छन्।

    पक्राउ परेकाहरूले आफूहरूले जापान जानका लागि १० देखि १३ लाख रूपैयाँसम्म बुझेको प्रहरीलाई बताएका छन्।

    डिपोर्ट भएका दुई जनाको साथबाट प्रहरीले मन्त्रालयको नक्कली परिचय पत्रसमेत बरामद गरेको थियो। जसमा निमित्त कार्यालय प्रमुख भनेर तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीको नै हस्ताक्षर छ। यसबाट अधिकारी मुख्य कर्ता रहेको बुझ्न सकिन्छ।

    यसबारे चौतर्फी आवाज उठ्न थालेपछि एमालेले शनिबार उनलाई पार्टीको कुनैपनि तहमा रहन नपाउनेगरी कारबाही गरेको हो।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया