काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालले शहरीकरणमा भोगिरहेको समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराएको बताएका छन् ।
इजिप्टको कायरोमा सम्पन्न वर्ल्ड अर्बान फोरममा सहभागी भएर नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले भ्रमण उपलब्धीमूलक भएको बताएका हुन् ।
शहरी विकासका क्षेत्रमा भइरहेको कामबाट नेपालसँग सहकार्य गरिररहेका एजेन्सीले सन्तोग मानेको पनि उनले बताए । आगामी दिनमा शहरीकरणका काम प्रविधियुक्त र थप प्रभावकारी हुने उपप्रधानमन्त्री सिंहको भनाइ छ ।
उनले कायरोमा सम्पन्न फोरममा नेपालले शहरीकरणको क्षेत्रमा हासिल गरेको प्रगति र भोगिरहेको समस्याबारे विश्वकै ध्यानाकर्षण गराउन सफल भएको पनि दाबी गरे ।
प्रतिक्रिया