• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कांग्रेसले टुंगो लगायो नलगाडको उपप्रमुख उम्मेदवार

    404
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ।

    कांग्रेस कर्णाली प्रदेश समितिको बिहीबारको बैठकले इन्द्रा चन्द सिंहलाई उपप्रमुख उम्मेदवार बनाउने निर्णय गरेको हो। जिल्ला कार्यसमितिले सिंहको नाम मात्रै सिफारिस गरेर प्रदेशमा पठाएको थियो।

    प्रदेश संसदीय समितिले उपप्रमुख उम्मेदवार सिंहलाई बनाउने निर्णय गरेको प्रवक्ता दमन शाहीले जानकारी दिए। उपप्रमुख पदको उम्मेदवारलाई दिइने टिकटमा भने सभापति शेरबहादुर देउवाको हस्ताक्षर हुनेछ।

    नलगाडका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गतेको भूकम्पमा परेर मृत्यु भएको थियो। सरिता कांग्रेसबाटै उम्मेदवार भएर उपप्रमुख विजयी भएकी थिइन्।

    अहिले उपनिर्वाचनमा कांग्रेसबाट उम्मेदवार भएकी ईन्द्रा यसअघिकी उपप्रमुख सरिताकी भाइकी श्रीमती हुन्। कर्णाली प्रदेशमा नलगाडसहित तीन वटा पालिकाका अध्यक्ष, उपाध्यक्ष तथा उपप्रमुख पदमा उपनिर्वाचन हुँदैछ।

    दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ। बाँकी अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षका लागि केही दिनमा कांग्रेसले उम्मेदवार टुंग्याउन प्रवक्ता शाहीले बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया