• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    पाकिस्तानमा आठ महिनादेखि तलब नपाएका शिक्षक आन्दोलित

    746
    SHARES



    एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको सरकारले यस क्षेत्रका विद्यालयका शिक्षकहरूलाई आठ महिनादेखि तलब दिन नसक्दा विद्यार्थीहरूको भविष्यलाई असर पुग्नुका साथै शिक्षकहरू आन्दोलित भएको द डन पत्रिकाले रिपोर्ट गरेको छ ।

    द डनले रिपोर्ट गरेअनुसार, श्रमिकका लागि न्यूनतम ज्याला समेत दिन नसकेकाले विद्यालयहरूले प्राथमिक तथा माध्यमिक शिक्षा फाउन्डेसनअन्तर्गत काम गरिरहेका छन् ।

    विद्यालय शिक्षकको तलबको लागि दुई अर्ब रुपैयाँ आवश्यक रहेको जनाउदै फाउन्डेसनका लागि रकम जारी गर्न सरकार असमर्थ रहेको एण्ड एसइएफका एक वरिष्ठ अधिकारीले बताएका छन्।

    एकजना शिक्षकले मार्चदेखि तलब नदिएकोमा दुःख व्यक्त गर्दै आफूसँग आयको अन्य कुनै स्रोत नभएकाले आधारभूत आवश्यकता पूरा गर्न आफन्तहरूबाट ऋण लिइरहेका बताए ।

    शिक्षकहरूले तलब नपाए पछि धेरै विद्यालय बन्द भएका छन् भने अझै पनि सरकारले उनीहरूलाई तुरुन्तै तलबको व्यवस्था गर्न नसकेमा थप विद्यालयहरू बन्द हुने सम्भावना रहेको जनाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया