काठमाडौं । आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले गैरहाजिर भएका प्रहरी नायव निरीक्षक अशोक दर्नालसहितका व्यक्तिहरुको नाम–ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।
हाजिर हुँदा गैरहाजिर हुनुको कारण खोली स्पष्टीकरणसमेत बुझाउनुपर्ने छ । यदि यो सूचनाको बेवास्ता गरेमा प्रहरी नियमावलीअनुसार कारबाही हुने चेतावनी पनि प्रहरी प्रधान कार्यालयले दिएको छ ।
हेर्नुहोस् गैरहाजिर भएकाहरुको नामावली–
प्रतिक्रिया