काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा पनि प्रदर्शन गरेको छ।
सहकारी ठगी र संगठित अपराधको आरोपमा प्रहरी हिरासतमा रहेका आफ्ना पार्टी सभापति रवि लामिछानेको पक्षमा रास्वपा कार्यकर्ताहरूले शनिबार दिउँसो चितवनको नारायणगढमा प्रदर्शन गरेको हो।
उनीहरूले नारायणघाटको पुल्चोकमा दिउँसो आधा घन्टा राजमार्ग अवरूद्ध गरेर प्रदर्शन गरेका हुन्। राजमार्ग ठप्प हुँदा राजमार्ग हुँदै चल्ने सवारी साधनहरू रोकिएका थिए।
रवि लामिछाने पक्राउ परेपछि उनीप्रति सरकारले प्रतिशोध साँधेको भन्दै रास्वपा आन्दोलित छ। लामिछाने कास्की प्रहरीको हिरासतमा छन्।
उनीविरूद्ध रूपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। लामिछानेलाई बयानका लागि अन्य जिल्लामा पनि लैजाने तयारी छ।
रास्वपाले भने आन्दोलनलाई पोखराबाट काठमाडौंकेन्द्रीत गरेको छ। आन्दोलनको स्वरूपबारे आज बस्ने केन्द्रीय समिति बैठकले थप निर्णय गर्नेछ।
प्रतिक्रिया