• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रविलाई ‘सुप्रिम सहकारीको रकम हिनामिना’ मुद्दामा पक्राउ गर्न पनि अदालतको अनुमति

    16
    SHARES



    काठमाडौँ ।   सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्को धक्का लागेको छ।

    कास्की जिल्ला अदालतले थुनामा राख्ने म्याद थपेकै दिन जिल्ला अदालत रूपन्देहीले लामिछाने सहित १२ जनालाई पक्राउ गर्ने अनुमति दिएको हो ।

    लामिछाने र पूर्व डिआइजी छविलाल जोशीसहित १२ जनालाई रूपन्देहीको सुप्रिम सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि अदालतले पक्राउ गर्न अनुमति दिइएको सूचना अधिकारी अनन्तराज मरासिनीले बताएका छन्।

    बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा २ करोड ५० लाख र लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

    जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

    सहकारी ठगी प्रकरणमा जोशीलाई गत असोज ६ गते पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पोखराले अनुसन्धान गरिरहेको छ। लामिछानेलाई पनि गत शुक्रबार पक्राउ गरी पोखरामै राखिएको छ। उनिहरू दुबैजनालाई अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट बिहीबार सात दिनको म्याद थप गरिएको छ।

    सुप्रिम सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न जोशीलाई केही दिनअघि रूपन्देही जिल्ला पुर्याएर उनीसँग बयान पनि लिइएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया