• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रघुराम विष्ट सचिव बढुवाका लागि सिफारिस

    16
    SHARES



    काठमाडौं । रघुराम विष्ट सचिव बढुवाका लागि सिफारिस भएका छन् । सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव बिष्टको नाम सिफारिस गरेको हो ।

    ५ कात्तिकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी अवकास भएसँगै रिक्त पदमा सचिव बढुवा हुन लागेको हो ।

    लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव रघुराम विष्टको नाम सिफारिस गरेको हो ।

    ४ पटक लगातार कार्यसम्पादन मूल्यांकन नम्बरका आधारमा एक सचिवका लागि तीन जनाको नाम सिफारिस गरेपछि पाँचौं पटक ज्येष्ठताका आधारमा एक जना मात्रै नाम सिफारिस गर्ने गरिन्छ ।

    यसअघि ४ पटक कार्यसम्पादन मूल्यांकनलाई आधार बनाएर तीन–तीन जनाको नाम बढुवा सिफारिस भएकाले अहिले ज्येष्ठताका आधारमा बष्टि सिफारिस भएका हुन् ।

    बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले बिष्टलाई सचिवमा बढुवा गर्नेछ । उनलाई कुनै प्रदेशमा प्रमुख सचिवको जिम्मेवारी दिने पक्कापक्की छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया