• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

    17
    SHARES



    पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

    गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो ।

    पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराइएको हो ।

    गत असोज ६ गते नै पक्राउ परेर पोखरा ल्याइएका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई पनि आजै अदालतमा उपस्थित गराइएको हो ।

    रविलाई रुपन्देही पठाउने तयारी

    एउटै प्रकृतिको कसुरुमा गत असोज ६ गते पक्राउ परेका छविलाई रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि बयान गराएर बुधबारमात्र पोखरा ल्याइएको हाे । रविलाई पनि पोखरामा अनुसन्धानका लागि थप म्याद लिएर बयानका लागि रुपन्देही पठाउने तयारी रहेको प्रहरी स्रोतले बताएको छ ।

    रविको मंगलबार सरकारी वकिलको कार्यालयमा बयान भएको थियो भने बुधबार जिल्ला प्रहरी कार्यालयमै बयान लिइएको छ । तर, कुनै पनि प्रश्नको तयारी नगरी बयानका लागि बोलाउने र अलमल्याउने काम भइरहेको रास्वपाका कार्यवाहक प्रवक्ता तथा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

    अहिलेसम्म ५/६ घण्टामात्रै बयान लिइएको र बयान लिँदा पनि एउटै कुरा सोधिएको उनको भनाइ थियो । पुरक जाहेरीमाथि पनि कास्की प्रहरीले काठमाडौंमै पुगेर बयान लिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया