• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाल औषधि लिमिटेडले भन्यो- सिटामोल पर्याप्त छ, अभाव भएको छैन

    24
    SHARES



    काठमाडौं । नेपाल औषधि लिमिटेडले आफूले उत्पादन गरेको सिटामोलको अभाव नभएको जनाएको छ ।

    देशभर डेंगुको संक्रमण बढेको बेला सिटामोल सहजै नपाइएको गुनासो आइरहेका बेला लिमिटेडले सिटामोल नियमित उत्पादन गरिरहेको र अभाव पनि नरहेको जनाएको हो ।

    नेपाल औषधि लिमिटेडका बिक्री महाशाखा प्रमुख रेणुका प्रसाद रेग्मीले भने, ‘हामीसँग सिटामोल पर्याप्त छ र नियमित रुपमा उत्पादन/बिक्रीवितरण भइरहेको छ ।’

    उनका अनुसार डेंगु संक्रमणका बेला सिटामोल सहज उपलब्ध गराउने उद्देश्यले लिमिटेडको बबरमहलस्थित कार्यालयको बिक्री महाशाखाको काउन्टरबाट जो कोहीले पनि सिटामोल खरिद गर्न सक्नेछन् । सिटामोल खरिदबिक्रीका लागि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्मको समय निर्धारण गरिएको छ ।

    यसअघि कोरोना महामारीको समयमा पनि लिमिटेडले यसैगरी समय निर्धारण गरी सिटामोल खरिदबिक्रीको प्रबन्ध मिलाएको थियो । सिटामोल नेपाल औषधि लिमिटेडको प्रमुख उत्पादन हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया