• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भिस्टाराको जहाजमा बम रहेको हल्ला मात्रै

    319
    SHARES



    काठमाडौं । बम राखिएको हल्लापछि करिब तीन घण्टा रोकिएको भिस्टारा एयरवेजको जहाज खरामुक्त रहेको प्रमाणित भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै रोकिएको भिस्टाराको जहाज अब भारत नयाँदिल्लीका लागि उडान गर्ने क्रममा छ ।

    ‘भिस्टारको जहाजमा बम वा अन्य कुनै शंकास्पद वस्तु भेटिएन,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘सेना तथा प्रहरीको सर्च अपरेसनले जहाजको आन्तरिक तथा वाह्य भाग एवं यात्रुका ब्यागेज सबै जाँच गर्दा शंकास्पद वस्तु केही भेटिएन । त्यसपछि जहाजलाई खतरामुक्त प्रमाणित गरियो ।’

    भारतको एउटा ह्वाट्स एप नम्बरबाट भिस्टारको उक्त जहाजमा बम राखिएको कल आएपछि सुरक्षा निकायले जहाजमा सर्च गरेका थिए । ‘भारतबाट ह्वाट्स एपमा आएको कल फेक रहेछ,’ भुलले भने ।

    भिस्टाराको यो जहाज आज अपराह्न दिल्लीबाट काठमाडौं आउँदा १ सय ५७ यात्रु थिए र अहिले फर्किंदा १ सय ५२ यात्रु छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ