• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जिल्ला अदालत भैरहवाअगाडि सुप्रिम सहकारी पीडितको प्रदर्शन

    30
    SHARES



    काठमाडौँ । रूपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितहरूले भैरहवामा प्रदर्शन गरेका छन्।

    सुप्रिम सहकारी बचत ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीसँग भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबार बिहानदेखि बयान भइरहेको छ।

    उक्त बयान भइरहँदा सहकारी पीडितहरूले रुपन्देही जिल्ला अदालतअगाडि प्रदर्शन गरेका हुन्। सहकारी ठगी प्रकरणमा गत असोज ६ गते पक्राउ गरी पोखरा लगिएका जोशीलाई बयानको लागि सोमबार बुटवल ल्याइएको थियो।

    जोशीसँग मंगलबार बिहानदेखि बयान सुरू हुने थाहा पाएका सहकारी पीडितहरूले मंगलबार बिहान ११ बजेदेखि अदालत अगाडि प्रदर्शन गरेका हुन्। सुप्रिम सहकारी पीडित संघर्ष समितिमार्फत् विरोध प्रदर्शन गरिएको हो।

    उनीहरुले सुप्रिम सहकारीको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका संरक्षक जितेन्द्रबाबु राई (जीवी) लाई राजनीतिक संरक्षणमा भगाइएको आरोपसमेत लगाएका छन्।

    सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ भने यसअघि नै पक्राउ परि पुर्पक्षका लागि जिल्ला कारागार भैरहवा चलान भईसकेका छन्। अदालतअघि विरोध प्रदर्शन गरिरहेका पीडित सरकारी वकिल कार्यालयअघि जान खोज्दा प्रहरीले रोकेको छ।

    वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक नेत्र बुढाले प्रहरी अनुसन्धान सुरू गरिरहेको भन्दै विरोध प्रदर्शन नगर्न आग्रह गरेका थिए। त्यसपछि पीडितले अदालत अघि नै प्रदर्शन गरेका हुन्।

    उनीहरूले बचत रकम फिर्ता गर, हाम्रो रगत-पसिनाको कमाइ फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीवी राईलाई पक्राउ गर लगायतका प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

    उनीहरुले रवि लामिछाने, जोशी र जीवी राईलाई राजनीतिक संरक्षण भएकोसमेत आरोप लगाएका छन्। सुप्रिम पीडित संघर्ष समितिका संयोजक विजय नेपालले न्याय, रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया