• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पहिरोले अवरुद्ध भिमदत्त राजमार्ग र दशरथ चन्द राजमार्ग सुचारु

    1.5K
    SHARES



    डडेल्धुरा । निरन्तरको वर्षासँग आएको पहिरोका कारण अवरुद्ध भिमदत्त राजमार्ग र दशरथ चन्द राजमार्ग सुचारु भएका छन् । पहिरो पन्छाएर आज बिहानबाट राजमार्ग सञ्चालनमा आएको डडेलधुरा प्रहरीले जनाएको छ ।

    गन्यापधुरा गाउँपालिका–१ को साहुखर्कमा भीमदत्त राजमार्ग बिहीवार राति खसेको पहिरोले अवरुद्ध भएको सडक भने डोजरले पन्छाएर सवारीसाधन एकतर्फी खुलेको प्रहरीले जनाएको छ ।

    हाललाई सडक सञ्चालनमा आए पनि पानी परेपछि उक्त स्थानमा पहिरो खस्ने सम्भावना भने कायमै छ । पहिरो पन्छाएसँगै अहिले एकतर्फी रूपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले सडक माथिबाट आएको ढुङ्गा माटोसहितको पहिरो जेसिबीको सहायताले हटाएर एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिए।

    सडक एकतर्फी रूपमा सञ्चालनमा आए पनि पानी निरन्तर परिरहेकाले पुनः पहिरो झरेर अवरुद्ध हुनसक्ने भन्दै सावधानी अपनाउन उनले आग्रह गरे ।

    उक्त स्थानमा सबैभन्दा बढी पहिरो जाने भएकाले जोखिमयुक्त ठाउँका रूपमा मानिएको प्रहरीले जनाएको छ । यहाँ विगत तीन चार वर्षदेखि बर्सेनि पहिरो जाने गरेको छ ।

    डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–२ को रडुवामा समेत पहिरो खस्दा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । सडक डिभिजनको स्काभेटर लगाएर काम भईरहको छ । पानी नपरे साँझसम्म केआईसिंह राजमार्ग र डडेल्धुराको जोगबुढा-बुडरसडक पनि आजै साझदेखि संञ्चालनमा आउने प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।

    प्रतिक्रिया