• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी र करातेकी एरिका वर्ष खेलाडी घोषित

    561
    SHARES



    काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

    नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयर रोहितलाई प्रदान गरिएको हो । रोहित क्यनडामा रहेकाले उनका आमा र दाजुले अवार्ड लिएका थिए ।

    यो अवार्डका लागि रोहितसँगै फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् ।

    यस्तै करातेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् ।

    नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिकालाई प्रदान गरिएको हो ।

    उनलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पुरस्कार प्रदान गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ