काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शंखमुलस्थित द टाइम पास स्नुकर एण्ड खाजा घरमा रूपक बान्तवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा प्रहरीले बाराको सिम्रौनगढ घर भएका २२ वर्षीय एमके कुमारलाइ पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएका अनुसन्धान अधिकृतहरूले उनलाई पक्राउ गरेका हुन् । भदौ १० मा बिहान ४० वर्षीय रूपक बान्तवाले आफ्नै घरमा सञ्चालन गरेको स्नुकरमा उनको हत्या भएकाे थियाे ।
प्रतिक्रिया